समय : ०६:१२ am | शुक्रबार , वैशाख २५ गते २०८३

सूर्यज्योति लाइफको करिब सवा ३ लाख कित्ता शेयर बिक्रीमा

अर्थ विशेष | कार्तिक २१ गते २०८१

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको करिब सवा ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।कम्पनीका संस्थापक शेयरधनी नन्दकिशोर शर्माको नाममा रहेको ३ लाख २० हजार २१४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।बिक्रीमा राखिएको शेयर खरिदका लागि ३५ दिनको अवधि दिइएको छ। यो अवधिभित्र संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र स.स्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

सूर्यज्योति लाइफको करिब सवा ३ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको करिब सवा ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीका संस्थापक शेयरधनी नन्दकिशोर शर्माको नाममा रहेको ३ लाख २० हजार २१४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।बिक्रीमा राखिएको शेयर खरिदका लागि ३५ दिनको अवधि दिइएको छ। यो अवधिभित्र संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र स.स्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्