समय : ०७:०५ am | शुक्रबार , वैशाख २५ गते २०८३

स्वावलम्बन लघुवित्तको ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | कार्तिक २१ गते २०८१

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ४४ हजार १४३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बोलकबोल प्रक्रियामार्फत आजदेखि बिक्रीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५६७ रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन पेश गर्ने अन्तिम मिति मंसिर ५ गते रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलमा आईपुग्ने गरी आवेदन पेश गर्नु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्