समय : ०९:३८ am | शुक्रबार , वैशाख २५ गते २०८३

सिञ्जा गाउँपालिका ९३ वटा विकास– निर्माणका योजना सम्पन्न

अर्थ विशेष | कार्तिक १६ गते २०८१

जुम्ला । सिञ्जा गाउँपालिकाले गत आर्थिक वर्षमा ९३ वटा विकास– निर्माणका योजना सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिकाको कार्य प्रगति प्रस्तुत गर्दै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले उक्त आर्थिक वर्षमा छनोट भएका एक सय एक योजना मध्ये ९३ वटा योजना निर्माण सम्पन्न भएको बताएका छन् ।

गाउँपालिकाको भवन, सिञ्जा सङ्ग्राहलय सञ्चालन तथा व्यवस्थापन, बृहत् खानेपानी आयोजना, राजमार्ग देखि आचार्य लिही जोड्ने बाटोको स्तर वृद्धि तथा शिक्षा, स्वास्थ्यका भौतिक पूर्वाधार निर्माण भएका हुन् ।

स्थानीयका असुविधा हटाउन तथा विकास निर्माणमा पालिकाका गतिविधि केन्द्रित गर्न सबै जनप्रतिनिधिले निर्देशन दिएको उनले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्