समय : ०१:३५ pm | सोमबार , पौष ८ गते २०८१

नेपाल इन्भेष्टमेन्ट मेगाको १.६८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ विशेष | जेठ ११ गते २०८१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ६ जना संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको १ लाख ६८ हजार १९१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

यो शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्ने जनाइएको छ । इच्छुक संस्थापक शेयरधनीहरुले बैंकको शेयर शाखा लाजिम्पाटमा के–कति दरमा खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ। संस्थापक शेयरधनीले शेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्