समय : ०१:५८ pm | शुक्रबार , वैशाख २५ गते २०८३

इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

अर्थ विशेष | कार्तिक १४ गते २०८१

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ५४ हजार ५१६ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयरमध्ये २१ हजार कित्ता शेयर सर्वसाधारणले र ३३ हजार ५१६ कित्ता शेयर संस्थापक शेयरधनीले खरिद गर्न लागेको हो । संस्थापकका लागि ३५ दिन र सर्वसाधारणका लागि १५ दिन समय दिइएको कम्पनीले जनाएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुकले आवश्यक पर्ने कागजात सहित नवलपरासी गैडाकोट–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्ने कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्