समय : ०३:३९ am | बिहिबार , माघ २१ गते २०८२

नयाँ वर्षमा चुरे क्षेत्रको पर्यटन प्रवर्द्धनमा चासो

अर्थ विशेष | चैत्र २४ गते २०८१

काठमाडौं। नयाँ वर्ष २०८२ सुरु हुन अझै एक साता बाँकी छ। तर महोत्तरीको सुदूरउत्तरी क्षेत्रका चुरे पर्वतीय शृङ्खला आसपासमा नयाँ वर्ष तयारीको चहलपहल सुरु भएको छ।

विसं परम्पराको नयाँ वर्षसँग आफ्नै दैननदिनको सम्बन्धले यस दिनलाई विशेष बनाउन युवा पुस्ताले केही दिन पहिले नै तयारी थालेका हुन्। जिल्लाका सुदुर दक्षिणी भेगका युवाले चुरे क्षेत्रका पर्यटकीय सम्भावनाका ठाउँको अवलोकनलाई महत्व दिएका छन्।काठमाडौं। नयाँ वर्ष २०८२ सुरु हुन अझै एक साता बाँकी छ। तर महोत्तरीको सुदूरउत्तरी क्षेत्रका चुरे पर्वतीय शृङ्खला आसपासमा नयाँ वर्ष तयारीको चहलपहल सुरु भएको छ।

विसं परम्पराको नयाँ वर्षसँग आफ्नै दैननदिनको सम्बन्धले यस दिनलाई विशेष बनाउन युवा पुस्ताले केही दिन पहिले नै तयारी थालेका हुन्। जिल्लाका सुदुर दक्षिणी भेगका युवाले चुरे क्षेत्रका पर्यटकीय सम्भावनाका ठाउँको अवलोकनलाई महत्व दिएका छन्।

यसपालिको नयाँ वर्षलाई विशेष बनाउन सामूहिक वनभोजसँगै प्राकृतिक सम्पदाबारे नजिकबाट नियाल्ने केही युवा समूहको तयारी छ। “साथीहरूसँग रमाइलो गर्ने त छँदैछ, हामी यो अवसरलाई चुरे क्षेत्रको प्राकृतिक सम्पदाको भण्डारसँग पनि नजिकबाट हेर्न बुझ्न चाहन्छौँ”, भङ्गाहा–३ कटैयाका २५ वर्षीय सञ्जय यादव भन्छन्, “यसपालि हामीले नयाँ वर्षमा मधेसकै चुरेको सबैभन्दा अग्लो डाँडा चनौटे अवलोकनको योजना बुनेका छौँ।”

चनौटेडाँडा मधेसमै फरक हावापानीको ठाउँका रूपमा चिनिन्छ। पूरै लेकाली हावापानीको चनौटेडाँडामा उच्च पहाडी क्षेत्रमा फल्ने फलफूल र तरकारी उब्जन्छन्।

कतिको गन्तव्य सोलीघोप्टे डाँडा छ, कतिको गिद्धबास । सोलीघोप्टे महोत्तरीको चुरे पर्वतीय शृङ्खलाको जडीबुटीको भण्डार मानिन्छ। यसैगरी राइमण्डलडाँडामा लोपोन्मुख गिद्धको बासस्थान भेटिएको छ।

रमाउने अवसरमा यी ठाउँबारे सार्वजनिक चासो बढाउन यसपालि नयाँ वर्षमा जिल्लाको भारतीय सीमावर्ती मटिहानीका युवाले यी ठाउँलाई रोजेका छन्।

“नयाँ वर्षमा साथीहरुलाई चुरेका सोलीघोप्टे र गिद्धबाससहितका ठाउँको सामूहिक अवलोकन गराउँछौँ”, मटिहानीका इसराफुल राइनले भने, “यी ठाउँ मटिहानीका साथीहरुका लागि नौला हुनेछन्।”

चुरे शृङ्खला र त्यसका आसपासका कैयन ठाउँ पौराणिक र ऐतिहासिक महत्वका छन्। यी ठाउँबारे युवामा चासो बढ्नु सकारात्मक भएको बर्दिबास ५ का वडाध्यक्ष काहारमान स्याङ्वा बताउँछन्।

चुरे र यस आसपासका राइमण्डलधाम, पञ्चधुरा माईस्थान, कालापानी उद्यान, टुटेश्वरनाथ, पाषाण युगकालीन हतियार कारखाना र झ्याउरेभाङ्रे एवं छोड्केसहितका ठाउँ अध्ययनकर्ताका लागि विशेष हुनसक्ने स्याङ्वाले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्