समय : ०४:०५ am | बुधबार , चैत्र १० गते २०८२

सर्वसाधारणका लागि प्रभु बैंकको २.८२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | कार्तिक २ गते २०८१

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न ८ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ८२ हजार ६१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यो सेयर खरिदका लागि लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्