समय : ०८:१९ am | सोमबार , पौष ८ गते २०८१

दोहोरो अंकले बढ्यो शेयर बजार

अर्थ विशेष | जेठ ९ गते २०८१

काठमाडौं ।साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजार बढेको छ । यो दिन नेप्से दोहोरो अंक अर्थात् २४.३९ अंकले बढेर १ हजार ९९८.८९ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन पनि बजार बढेर १ हजार ९७४.५० विन्दुमा बन्द भएको थियो।

यो दिन राम्रा र बलिया कम्पनीहरुको बजार मापक सेन्सेटिभ इन्डेक्स पनि ५.८३ अंकले बढेर ३५६.६५ विन्दुमा पुगेको छ ।यो दिन नेप्सेमा सूचीकृतमध्ये ३२० वटा कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन भने ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । केहि दिन यतादेखि शेयर कारोबार अस्थिर छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको नौ महिनाको समग्र वित्तीय अवस्था सार्वजनिक गरेको छ । अधिकांश वाणिज्य बैंकहरुले पनि ब्याजदर घटाएका छन् । बैंक–वित्तीय संस्थामा पर्याप्तमात्रामा तरलता पनि छ । जसका कारण पनि बजार बढ्नमा थप टेवा पुगेको छ ।

नेप्सेमा रहेका १३ उपसमूहमध्ये व्यापार, निर्जीवन बीमा,उत्पादन तथा प्रोसेसिङ,होटल्स एन्ड टुरिजम र वित्त उपसमूह बाहेक अरु सबै बढेका छन् ।

यो दिन सबैभन्दा बढी बैकिङ उपसमूह बढेको छ । यो उपसमूह ३.२१ प्रतिशतले बढेको छ । वाणिज्य बैंक उपसमूहको परिसूचक सर्वाधिक बढेको छ। लगानीकर्ताहरु वाणिज्य बैंकतर्फ आकर्षित भएसँगै सो उपसमूहको परिसूचक उच्च दरमा बढेको हो।त्यस्तै लगानी उपसमूह २.०४ प्रतिशतले बढेको छ ।

यसैगरी, यो दिन अन्य उपसमूह ०.८८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूह ०.५७ प्रतिशतले बढेको छ ।त्यस्तै यो दिन विकास बैंक ०.३० प्रतिशतले बढेको छ ।

उता यो दिन सबैभन्दा बढी होटल्स एन्ड टुरिजम ०.४४ प्रतिशतले घटेको छ । यसका साथै व्यापार उपसमूह भने ०.३० प्रतिशतले घटेको छ । त्यस्तै वित्त उपसमूह ०.१९ प्रतिशतले घटेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्