समय : ०८:०८ am | सोमबार , पौष ८ गते २०८१

आरएसडिसी लघुवित्तको सेयर संरचना परिवर्तन

अर्थ विशेष | जेठ ८ गते २०८१

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीमा संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ ।
कम्पनीमा संस्थापक सेयरधनीहरुको नाममा ४८ लाख १६ हजार १९०।४३ सय कित्ता र सर्वसाधारण सेयरधनीको नाममा ४६ लाख २७ हजार ३२०।२२ कित्ता सेयर रहेको छ ।

कम्पनीले सेयर संरचना परिवर्तनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी नेप्सेसमक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गर्दै नेप्सेमा पत्र लेखेको थियो ।

नेप्सेले जेठ ७ गतेको निर्णयानुसार कुल ९४लाख ४३ हजार ५१०.६५ कित्ता सेयरको सेयर संरचना परिवर्तन गर्दै अभिलेख गरेको जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्