समय : ०२:०९ pm | मङ्गलबार , कार्तिक १८ गते २०८२

प्रभु महालक्ष्मी लाइफको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | भाद्र ७ गते २०८१

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ९९ हजार ६८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापहरुका लागि ३५ दिने सूचना जारी गर्दै बिक्रीमा राखिएकोमा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेकाले सर्वसाधानणलाई बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताले सेयरका खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्