प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयरमा बिक्रीमा ल्याएको छ ।कम्पनीले कुल ३ लाख ५५ हजार ५ सय कित्ता संस्थापक सेयरमा बिक्रीमा ल्याएको हो भानुभक्त ढकालको नाममा रहेको १ लाख कित्ता, प्रभु म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको १ हजार ५ सय कित्ता र मोहनलाल अग्रवालको नाममा रहेको २ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको कम्पनीले जनाएकोयस सेयरमा जोकोहीले खरिद आवदेन दिन पाउनेछन्
इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित सात दिनभित्र प्रभु महालक्ष्मीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन पेस गर्नुपर्ने छ ।