समय : ०३:२३ am | सोमबार , पौष ७ गते २०८१

जानकी फाइनान्सको १.२७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | जेठ २ गते २०८१

काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरि कम्पनी सचिवको कार्यालयमा केत कति कित्ता सेयर खरिद गर्न चाहेको हो सोको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा कानून बमोजिम अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्