समय : ०१:२५ am | बिहिबार , पौष १० गते २०८१

सूर्यज्योति लाइफको ३ लाख कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ विशेष | श्रावण ३ गते २०८१

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले लिलामीमा राखेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत आसार २८ गतेदेखि कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो ।
इच्छुक लगानीकर्ताले आजसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ निर्धारण गरिएको छ ।

सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। सेयर खरिदका लागि जोसुके व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्