१ जेठ, काठमाडौं । आज मंगलबारदेखि धितोपत्र कारोबारमा लाग्ने ब्रोकर कमिसन घटेको छ । मंगलबारदेखि हुने सबै कारोबारमा घटेको ब्रोकर कमिसन लागू हुने सीडीएस एण्ड क्लियरिङका सीईओ पूर्णप्रसाद आचार्यले जानकारी दिए ।
‘आजदेखि कार्यान्वयन हुनेगरी सिस्टममा नयाँ कमिसन दर सेट गरी परीक्षण पनि गरिसकेका छौं’ उनले भने । विद्यमान कायम ब्रोकर कमिसनमा १० प्रतिशत घटाइएको छ ।अब सेयर कारोबारमा लगानीकर्ताले अधिकतम ०।३६ प्रतिशत ब्रोकर कमिसन तिर्नेछन् । यसअघि ०.४० प्रतिशत थियो । यस्तै ब्रोकर कमिसनको तल्लो सीमा ०.२४ प्रतिशतमा झरेको छ ।