समय : ०२:४० am | सोमबार , पौष ७ गते २०८१

एशियन लाईफले हकप्रद सेयर निष्कासन गर्ने

अर्थ विशेष | वैशाख ३१ गते २०८१

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निस्कासन गर्ने भएको छ । कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट पारित हाल कायम चुक्ता पूँजीको १०० कित्ता बराबर ४२ कित्ता हुने गरि अर्थात ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।
हकप्रद सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।
हकप्रद सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

न्यूनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउन यस कम्पनीले सेयर लाभांश र हकप्रद निष्कासनमार्फत हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत ९१,४२,७९,३१२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर वितरण पछि यस कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ रुपैयाँ पुग्नेछ ।

आव आ.व.०८०/०८१ को चैत्र मसान्तसम्ममा कूल ४१ अर्ब रुपैयाँभन्दा बढी जीवन बीमा कोष रहेको यस कम्पनीले बीमित र सेयरधनीलाई अधिकत्तम प्रतिफल प्रदान गर्नुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान दिन जलविद्युत आयोजना, पर्यटन व्यवसाय, हवाई उड्ययन सेवा, बैंक, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुमा समेत लगानी विविधिकरण गरेको छ ।

कम्पनीले आ.व.०८०/०८१ को चैत्र मसान्त सम्म प्रथम बीमाशुल्क १ अर्ब २० करोड ६१ लाख रुपैयाँ, नविकरण बीमा शुल्क ४ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ गरी कुल ५ अर्ब ७८ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्