समय : १२:११ pm | बुधबार , चैत्र २५ गते २०८२

जगदम्बा स्पिनिङ मिल्सले बुक बिल्डिङ बिधिबाट आईपीओ जारी गर्ने

अर्थ विशेष | चैत्र २५ गते २०८२

काठमाण्डौ । जगदम्बा स्पिनिङ मिल्सले बुक बिल्डिङ बिधिबाट सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको छ ।
चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख १० गते बिहिबारका दिन काठमाण्डौको तिनकुनेमा रहेको न्यौपाने टावरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

उक्त सभाबाट कम्पनीको नाम परिवर्तन गर्ने, बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने तथा सेयर संख्या परिमार्जन गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्