समय : ०५:४० pm | बुधबार , चैत्र १८ गते २०८२

शेयर बजारमा ७४ अंकको गिरावट

अर्थ विशेष | चैत्र १८ गते २०८२

काठमाडौं । आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ७४ दशमलव ७३ अंकले घटेर २,७७६ को विन्दुमा कायम भएको छ । आज १३ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २५५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ४५ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स र सुपर खुदी हाइड्रोका लगानकिर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । भुजुङ हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९९, रिज लाइन इनर्जीका लगानीकर्ताले पनि ९ दशलमव ९९ र सूर्यकुण्डका लगानीकर्ताले पनि ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९ दशलमव ८४ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्