समय : ०५:०० pm | बुधबार , चैत्र ११ गते २०८२

दोहोरो अंकले घट्यो नेप्से

अर्थ विशेष | चैत्र ११ गते २०८२

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज उत्पादन समूह र व्यापार समूहबाहेकका सबै समूहमा रातो पोतिएको छ । उत्पादन तथा प्रशोधन समूह ०.४८ प्रतिशत र व्यापार समूह ३.४५ प्रतिशतले बढेको छ ।

सर्वाधिक घट्ने समूहमा भने विकास बैंक समूह रहेको छ । यो समूहको २.३२ प्रतिशलते घटेको छ । त्यस्तै, बैंकिङ समूहको १.४० प्रतिशत, फाइनान्स समूहको २.०९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०५ प्रतिशत, हाइड्रो समूहको ०.१६ प्रतिशत, लगानी समूहको ०.५३ प्रतिशत, जीवन बीमा समूहको १.३९ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.६४ प्रतिशत, म्युचुअल फण्ड समूहको १.६४ प्रतिशत, निर्जीवन बीमा समूहको १.१५ प्रतिशत र अन्य समूहको १.७० प्रतिशतले घटेको छ ।

आजको बजारबारे सेयर लगानीकर्ता तथा प्राविधिक विश्लेषक सुवास चन्द्र ढुंगाना भन्छन्, ‘आजको बजारलाई सामान्य नाफा बुक र सामान्य करेक्सन नै मान्न सकिन्छ । यसअघि दुई दिन छाटो समयमा मार्केट सोचे भन्दा धेरै बढेकाले लगानीकर्ताहरुले हिजो र आज नाफा बुक गरेको मान्न सकिन्छ । बजारमा खासै प्यानिक सेलिङ देखिदैन । यदि बजार लगातार बढेर ३ हजार विन्दु पार गरेको भए ठूलो प्यानिक सेल आउन सक्थ्यो जसले मार्केटमा ठूलो करेक्सन देखिन सक्थ्यो । तर बजार बढ्दै यसरी सामान्य करेक्सन देखिदै ३ हजार माथि नाघ्यो भने बजार बल्ल सस्टेन हुन सक्छ । आजको यो सामान्य करेक्सनलाई राम्रै रुपमा लिन सकिन्छ ।’

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्