समय : ११:४४ am | मङ्गलबार , चैत्र १० गते २०८२

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | चैत्र १० गते २०८२

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।

बैंकले कुल १९ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाण्डौमा निवदेन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्