समय : ०९:०४ am | सोमबार , चैत्र २ गते २०८२

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | चैत्र २ गते २०८२

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी विश्वेस श्रेष्ठ र यशस्वीका इन्टरनेशनल प्रा.लि.को नाममा रहेको सेयर बिक्री गर्न लागेको हो । श्रेष्ठको नाममा रहेको ३८ हजार ९८२ कित्ता र यथस्वीकाको नाममा रहेको ७ लाख ९९ हजार १६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

विद्यमान व्यवस्थाबमोजिम उक्त सेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई बिक्री गर्नुपर्ने हुँदा इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

आवेदन बैंकको हेरिटेज प्लाजा, कमलादी, काठमाण्डौस्थित कानून विभागमा आवेदन दिन सकिनेछ । तोकिएको म्यादभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानून बमोजिम उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्