समय : ०४:१७ pm | बिहिबार , फागुन २८ गते २०८२

नेप्से परिसूचकमा वृद्धि

अर्थ विशेष | फागुन २८ गते २०८२

काठमाडौं । चुनावपछिको दोस्रो कारोबार दिनबाट लगातार घटेको बजार आज भने दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८७ अंकले बढेर २८२० को विन्दुमा कायम भएको छ । आज १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ५५ करोडको शेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६७ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआइडिसीएलको ५६ करोड ८३ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । कुमारी बैंकको ४४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको ४४ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेशनल हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । होटल फरेष्ट इनका

लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कुमारी सबल योजनाका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्