समय : ०५:१० pm | बुधबार , फागुन २७ गते २०८२

शेयर बजारमा ४६ अंकको गिरावट

अर्थ विशेष | फागुन २७ गते २०८२

काठमाडौं । आज पनि शेयर बजार भारी अंकले घटेको छ । आज नेप्से परिसूचक ४६ दशमलव ७८ अंकले घटेर २,७९६ को विन्दुमा कायम भएको छ । आज ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज यस कम्पनीको शेयर मूल्य ३५१ रुपैयाँ कायम भएको छ । आँखुखोला जलविद्युतको ५१ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ४९ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेशनल हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ९ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कालिका पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्