काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १९ दशमलव २७ अंकले बढेर २,६७४ को विन्दुमा कायम भएको छ । आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६४ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राद्यि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ३३ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको २८ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल ग्रोथ फन्डका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।









