समय : ०३:५० am | शनिबार , फागुन ८ गते २०८२

संयुक्त उर्जाले आईपीओ निष्कासन गर्ने

अर्थ विशेष | फागुन ८ गते २०८२

काठमाण्डौ । संयुक्त उर्जा लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ ।
कम्पनीले बोर्डमा यस्तो आवेदन फागुन ५ गते पेश गरेको हो ।

कम्पनीले ४१ करोड ६० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ४१ लाख ६० हजार कित्ता आईपीओको अनुमति माग गरेको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्