समय : ०७:१४ pm | सोमबार , फागुन ४ गते २०८२

नेप्से परिसूचकमा ८ अंकको गिरावट

अर्थ विशेष | फागुन ४ गते २०८२

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ८ दशमलव १६ अंकले घटेर २,६६२ को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९४ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ५२ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्द धेरै बुद्धभुमी नेपाल, रिलायन्स स्पीनिङ मिल्स र सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अपर साङगेका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ३२८ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्