समय : ०१:४७ pm | बुधबार , माघ २१ गते २०८२

शेयर बजारमा सामान्य गिरावट

अर्थ विशेष | पौष २८ गते २०८२

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ५४ अंकले घटेर २,६३५ को विन्दुमा कायम भएको छ । आज ७५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३३ कम्पनीको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको २७ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एसवाई प्यानल र श्रीनगर एग्रिटेकका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स म्युचुअल फन्ड २ का इकाईधनीले ५ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव २५ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्