समय : ०३:५६ pm | बुधबार , माघ २१ गते २०८२

आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | पौष २५ गते २०८२

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बनेपामा रहेको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन पेश गर्नु पर्नेछ ।

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ३२४ रुपैयाँ कायम गरिएको छ । निर्धारित समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्