काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ५९ अंकले बढेर २,६४० को विन्दुमा कायम भएको छ । आज १२९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९० करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड माथिको शेयर कारोबार भएको छ । बन्दीपुर केबलकारको १७ करोड ६० लाखको शेयर कारोबार भएको छ । सान्भी इनर्जीको १५ करोड ८९ लाखको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । एसवाई प्यानलका लगानीकर्ताले ५ दशमलव ७१ प्रतिशतका दरले कमाएका छन् । खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ३ दशमलव ९० प्रतिशतका दरले गुमाएका हुन् ।









