काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ३५ अंकले घटेर २,६३५ को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२३ वटा कम्पनीको १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । श्रीनगरको २३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको २० करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ३ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । शुभम पावरका लगानीकर्ताले २ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।









