समय : ०५:२३ pm | बुधबार , माघ २१ गते २०८२

शेयर बजारमा गिरावट

अर्थ विशेष | पौष १४ गते २०८२

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अंकले घटेर २,६२२ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३७ कम्पनीको १ करोड ३७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७७ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड २ लाखको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्