समय : ०८:१४ am | मङ्गलबार , पौष ९ गते २०८१

महुली र मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असार ११ गते २०८१

काठमाण्डौ । महुली लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेका छन् । महुली लघुवित्तले २१ हजार ५१ कित्ता र मिथिला लघुवित्तले २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।
यी दुवै संस्थाले आफ्ना विद्यमान संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्रीमा राखेका हुन् । मिथिला लघुवित्तको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५७५ रुपैयाँ तोकिएको छ भने महुली लघुवित्तको सेयरको न्यूनतम मूल्य खुलाइएको छैन ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । अन्यथा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने दुवै संस्थाले जनाएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्