समय : १०:०६ pm | बुधबार , माघ २१ गते २०८२

लगातार ६ दिन घटेको बजार आज बढ्यो

अर्थ विशेष | मंसिर २३ गते २०८२

काठमाडौं । लगातार ६ कारोबार दिन घटेको शेयर बजार मंगलबार सामान्य अंघले बढेको छ। यो दिन बजार ७.३९ अंकले बढेर २६१४.०७ को विन्दुमा उक्लिएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ९ वटा समूह बढेका छन् भने ४ वटा घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक ०.८८ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूह सर्वाधिक ०.१७ प्रतिशतले घटेको छ।

यो दिन बजारमा १४८ कम्पनीको शेयरभाउ बढेको छ भने १०१ कम्पनीको घटेको छ। आज ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। आज ३ वटा कम्पनीको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ। स्वस्ति लघुवित्तको शेयरभाउमा १० प्रतिशत तथा श्रीनगर एग्रीटेक र माथिल्लो खोला जलविद्युतको शेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर सकारात्मक सर्किट लागेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्