समय : ११:३८ pm | बुधबार , माघ २१ गते २०८२

शेयर बजारमा सामान्य गिरावट

अर्थ विशेष | मंसिर १५ गते २०८२

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार सामान्य घटेर बन्द भएको छ । नेप्से परिसूचक ४ दशमलव २८ अंकले घटेर २,६४५ को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बन्दीपुर केबलकारको १४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्