समय : ०२:३० am | बिहिबार , माघ २१ गते २०८२

सेवा हाईड्रोले आईपीओ निष्कासन गर्ने

अर्थ विशेष | मंसिर २ गते २०८२

काठमाण्डौ । सेवा हाईड्रो लिमिटेडले आइ्र्रपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले यही मंसिर २७ गते काठमाण्डौको बानेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्