समय : ०७:०१ pm | सोमबार , कार्तिक १७ गते २०८२

फरवार्ड माइक्रोफाइनान्सको ३.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | कार्तिक १७ गते २०८२

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साढे ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ निर्धारण भएको छ । इच्छुक लगानीकर्ताले कात्तिक २३ गतेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको बालुवाटारस्थित कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्