काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३० दशमलव ७५ अंकले बढेर २,६३१ को विन्दुमा कायम भएको छ । आज २०५ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१९ कम्पनीको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २० करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन बैंक प्रोमोटर शेयर कारोबार भएको छ । आज यस बैंकको १ अर्ब ६६ करोडको संस्थापक शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको ३४ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको २५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज पाँच कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, पञ्चकन्यामाई हाइड्रोपावर, पिपुल्स पावर र तेह्रथुम हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।









