समय : ०२:३२ am | शनिबार , कार्तिक १४ गते २०८२

शेयर बजारमा गिरावट

अर्थ विशेष | कार्तिक १२ गते २०८२

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव १७ अंकले घटेर २,५६६ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२१ कम्पनीको १ करोड ४५ लाख १ हजार २८४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २३ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको २२ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९१प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै ज्योति विकास बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्