काठमाडौं । आज शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६२ दशमलव २९ अंकले बढेर २,५७१ को विन्दुमा कायम भएको छ । आज २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीमो मात्रै घटेको छ ।
आज दिनभरिमा ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन पावर पाटर्नरको कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २१ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुटवल पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हिमालयन पावर पाटर्नरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ६ दशमलव ३६ प्रतिशतका दरले गुमाएका हुन् ।
 
 
					 
 


 
					 
					 
					 
					







