काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै कुल १३ लाख ८७ हजार २५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो
संस्थापक सेयर खरिद गर्ने पहिलो हक संस्थापक सेयरधनीको हुने भएकाले संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।
सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।