समय : ०२:३२ am | शनिबार , कार्तिक १४ गते २०८२

शेयर बजारमा दोहोरो अंकको गिरावट

अर्थ विशेष | असाेज ३० गते २०८२


काठमाडौं । आज साताको अन्तिम दिन पनि नेप्से घटेर बन्द भएको छ । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको हो । नेप्से परिसूचक १८ दशमलव ४० अंकले घटेर २,४८७ को विन्दुमा कायम भएको छ । आज ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३११ कम्पनीको ७६ लाख ४३ हजार ६३५ कित्ता शेयर किनकबेच हुँदा ३ अर्ब २७ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १३ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ११ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशमलव ६९ प्रतिशतका दरले कमाएका छन् । इन्फीनिटी लघुवित्तका लगानीकर्ताले ३ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै समाज लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्