समय : १२:०७ pm | शनिबार , कार्तिक १५ गते २०८२

शेयर बजारमा हरियाली

अर्थ विशेष | असाेज २३ गते २०८२


काठमाडौं । हिजो भारी अंकले घटेर बन्द भएको बजार आज साताको अन्तिम दिन भने दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर कारोबार खुलेको ३ मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेटपछि खुलेकोे बजार हरियाली भएर बन्द भएको हो ।

आज शेयर बजार नेप्से परिसूचक २२ दशमलव ५९ अंकले बढेर २,५८२ को विन्दुमा कायम भएको छ । आज २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१३ वटा कम्पनीको १ करोड १८ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै शिवमे सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २७ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २० करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एशियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले ५ दशमलव ५४ प्रतिशतका दरले कमाएका हुन् । एमबीएल इक्वटी फन्डका इकाईधनीले ४ दशमलव ८२ प्रशिततका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्