काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २७ दशमलव ८९ अंकले घटेर २,६५४ को विन्दुमा कायम भएको छ । आज ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१७ कम्पनीको ९४ लाख ८ हजार ६६३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइनस्योरेन्सको १३ करोड ३७ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोला जलविद्युत र सिटी होटल्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हिम स्टार ऊर्जाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।









