समय : ०४:०० am | आइतबार , कार्तिक १५ गते २०८२

समता घरेलु लघुवित्तको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असाेज ६ गते २०८२

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

उक्त समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्