काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन खुलेको छ ।
बैंकको शत प्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद सेयर खुलेको हो । असोज २२ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका साविक सेयरधनीका लागि अंकित मूल्य १ सयका दरले हकप्रद सेयर खुलेको हो । क्यापिटलका अनुसार २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन हुन लागेको हो । अनलाइन प्रणाली मेरो सेयर तथा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सेयरधनीले आवेदन दिन सक्नेछन् ।
हाल ५२ करोड ४९ लाख चुक्ता पूँजी रहेको यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६९१ रुपैयाँ छ ।









