काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ५२ अंकले घटेर २,७०८ को विन्दुमा कायम भएको छ । आज ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३४ कम्पनीको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको २२ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल समृद्धि फन्ड २ का इकाईधनीले ५ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । यूनिभर्सल पावरका लगानीकर्ताले ५ दशमलव १२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ६२ प्रतिशतका दरले गुमाएका हुन् ।









