समय : १०:२१ pm | बुधबार , चैत्र ११ गते २०८२

सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | भाद्र १९ गते २०८२

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । संस्थाले ४ हजार ८१.४५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ८५० रुपैयाँ कायम भएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी संस्थाको सेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बेंकिङमा आफू खरिद गर्न चाहेको सेयर कित्ता खुलाई आवेदन पेश गर्नु पर्नेछ ।

निर्धारित समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्