समय : ०७:४० am | सोमबार , भाद्र १६ गते २०८२

हिम स्टार उर्जाको आईपीओ नेप्सेमा सूचीकृत

अर्थ विशेष | भाद्र १२ गते २०८२

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिम स्टार उर्जा कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज नेप्से र हिम स्टारबीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ३७ लाख ३० हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारणसमक्ष एनआईसी एशिया क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत गत असार २४ गतेदेखि २७ गतेसम्म आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो ।

यसरी सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरिएको ११ लाख १९ हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको २६ लाख ११ हजार कित्ता गरी जम्मा ३७ लाख ३० हजार कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम भदौ ९ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले कम्पनीको सेयर दोस्रो बजार कारोबारका लागि कम्पनीलाई ‘हिमस्टार’संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ९९.१७ रुपैयाँ र २९७.५१ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्