समय : ०१:४४ am | मङ्गलबार , पौष ८ गते २०८१

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असार ३ गते २०८१

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५२ हजार ३५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । आवेदन पेश गर्दा आवश्यक कागजात प्रमाण संलग्न गरी ललितपुर महालक्ष्मीमा रहेको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा पेश गर्नुपर्नेछ ।

निर्धारित मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्