समय : ०४:२१ am | बिहिबार , चैत्र ११ गते २०८२

कलश स्टक मार्केटको पहिलो शाखा बुटवलमा

अर्थ विशेष | भाद्र १ गते २०८२

काठमाडौं । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि.(ब्रोकर नं ७४) ले सेवा विस्तारको क्रममा रुपन्देही जिल्लाको मिलनचोक, बुटवलमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । साउन अन्तिम साताबाट स्वस्तिपुजा गरी कलशले शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखामार्फत बुटवल तथा छिमेकमा रहेका जिल्लाहरु पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँचीलगायतका सर्वसाधारणलाई दोश्रो बजारमा नयाँ प्रविधि सहित शेयर कारोवार गर्न अझै सहज हुने शाखा प्रमुख भानुभक्त पौडेलले बताए ।

यस कम्पनीले निकट भविष्यमा देशका सम्भावित अन्य स्थानहरुमा पनि शाखा विस्तार गरी आम सर्वसाधारण समक्ष सहज रुपमा शेयर कारोवार गर्न सकिने सुविधा प्रदान गर्ने लक्ष्य लिएको प्रवन्ध सञ्चालक शालिकराम अधिकारीले बताएका छन् ।

नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले २०८० भाद्र १० देखि औपचारिक कारोबार शुभारम्भ गरेको थियो । कम्पनीले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ र प्रविधिमैत्री रुपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको अध्यक्ष प्रदिप केसीले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्