समय : ०६:०० am | बिहिबार , चैत्र १२ गते २०८२

नेशनल लघुवित्तको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | श्रावण २० गते २०८२

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १० जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ९४ हजार ८७० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।

तोकिएको मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्